साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १ ओटा उपसमुह बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार आखुँखोला जलविद्युत्को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
