पेट्रोल पम्पमा उपभोक्ताको भीड

उपत्यकाका पेट्रोल पम्पहरूमा भीड देखिन थालेको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरू गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो । 

आइतबार सोमबार पम्पहरूमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरू लाइनमा बस्नुपरेको थियो । 

पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरूले व्यवस्थापन गरेका थिए ।

पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरूमा रहेको छ । 

नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ताहरू भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *