रवि लामिछानेलाई दमौलीमा कालो झण्डा, सात जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ।

शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ पुगेका थिए। दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल पार्टीका कार्यकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन्।

लामिछानेलाई कालो झण्डा देखाउने उनेपाका सात कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

प्रहरीले उनीहरूलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पक्राउ गरेको हो। यसमा कारबाही गर्न निर्वाचन आयोगलाई नै जिम्मा लगाइने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *