थप दुई कम्पनीले मागे आईपीओ अनुमति, कुल ६१ करोड ८० लाखको शेयर जारी हुने

 दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन्।

बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यका २० लाख २० हजार कित्ता शेयर जारी गर्न अनुमति मागेको छ, जसको कुल मूल्य २१ करोड २० लाख रुपैयाँ बराबर छ। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, संयुक्त ऊर्जा लिमिटेडले ४१ लाख ६० हजार कित्ता शेयर जारी गरी ४१ करोड ६० लाख रुपैयाँ जुटाउने उद्देश्य राखेको छ। यस कम्पनीको शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्र बोर्डको स्वीकृति पाएपछि, यी दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्ने योजना बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *