सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले सो आदेश दिएको हो ।
निर्वाचन बिथोल्ने अभिव्यक्ति र गतिविधिपछि निर्वाचन आयोगको उजुरीका आधारमा प्रहरीले गत फागुन ४ गते प्रसाईँलाई पक्राउ गरेको थियो ।
उनलाई थुनामुक्त राख्न माग गर्दै प्रसाईँको परिवारले बन्दी प्रत्येक्षीकरणको रिट दायर गरेको थियो ।
सर्वोच्चले उक्त रिटमा सुनुवाई गर्दै महान्यायाधिवक्ता कार्यालयमार्फत् सक्कल फाइल झिकाउन आदेश दिएको हो ।
‘……को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखी पठाए बमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदन उपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत् झिकाउनू,’ आदेशमा भनिएको छ ।
त्यस्तै फागुन १२ गते मंगलबारका लागि पेसी समेत तोकिएको छ ।
