साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ बिन्दुमा पुगेको छ ।
आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, एनआईबिएल समृद्धि फण्ड- २ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
