टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा अहिले इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ । इङ्ग्ल्यान्ड दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा ९५ रन बनाउँदै अलआउट भयो ।

त्यसअघि श्रीलङ्काको पल्लेकेलेमा इङ्ल्यान्डले ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । यस्तै बेलुकी साव ७ बजे दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यस्तै भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् ।

‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *