नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६३ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ भने यसको साँवा ब्याज राष्ट्र बैंकले २०८२ चैत २५ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
