साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.६१ अंक घटेर २६९५.११ विन्दुमा आइपुगेको छ।
यस सेसनमा ४२ लाख ५६ हजार ४५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५७ कम्पनीको ७ हजार ६८ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
