बीमा प्राधिकरणको जिम्मेवारी चन्द्रकला पौडेललाई

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङविरुद्ध चुनावी प्रचारमा बालबालिका प्रयोग गरेका आरोपमा उजुरी परेको हो । उनी सुनसरी-१ का उम्मेदवार हुन् ।

साम्पाङले ‘बालबालिका ऐन, २०७५’ को परिच्छेद २, दफा ७ को उपदफा (७) विपरीत चुनावमा बालबालिका प्रयोग गरेको उजुरीमा उल्लेख छ ।

उनीविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । उजुरीमा साम्पाङलाई निर्वाचन अधिकृत कार्यालयमा बोलाएर छलफल गर्न र आचारसंहिता उल्लंघन गरेबापत कारवाही गर्न माग गरिएको छ ।

साम्पाङविरुद्ध परेको उजुरीमा निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति बनाइएको र उक्त समितिले अध्ययन गरी थप कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *