कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ। 

बुधबार बिहान ८ बजे बोलाएको बैठक साढे ६ घण्टा ढिलो गरी सुरु भएको हो। विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि छलफल भइरहेका कारण बैठक ढिलो गरि सुरु भएको जनाएको छ। 

बैठक सुरु हुनुअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहमतिका लागि प्रस्ताव पठाएका थिए। शर्माले पठाएको प्रस्तावमा छलफल हुँदा पनि बैठक बस्न ढिलाइ भएको हो। 

महामन्त्री शर्माले सहमतिका लागि पठाएको आठ बुँदे प्रस्तावमा तीन वटा मान्न सकिने र पाँच वटा मान्न नसकिने संस्थापन पक्षको निष्कर्ष छ। त्यसकै आधारमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री शर्मालाई जवाफ पठाइसकेका छन्। 

महामन्त्री शर्मालाई जवाफ पठाएसँगै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो। आजको बैठकमा कांग्रेसमा देखिएको विवादबारे छलफल हुने जनाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *