नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो ।
बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए । पार्टीको १५ औँ महाधिवेशनलाई लिएर अहिले पार्टी दुई भागमा ध्रुवीकरण भएकाले यही विषयलाई नै मुख्य एजेन्डा बनाएर बैठकमा छलफल चलिरहेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनका कार्यक्रमहरू गरिरहेको छ भने कांग्रेस संस्थापन पक्ष त्यसलाई मान्यता नदिने अडानमा रहँदै आएका छ ।
विशेष महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरे कांग्रेस विभाजन तिर जाने सम्भावना बढ्दै गएको छ ।
