विशेष महाधिवेशन: ४ हजार ६३८ प्रतिनिधिको नामावली सार्वजनिक

 नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि कुल ४ हजार ६ सय ३८ प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ। पार्टीको निर्वाचन समितिले हालको मतदाता सूची सार्वजनिक गर्दै यही संख्या कायम भएको जनाएको छ।

सन्दर्भका लागि, १४औं महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि थिए। त्यसमध्ये ६१ जनाले पार्टी छाडेका थिए भने ४४ जना प्रतिनिधिको निधन भइसकेको थियो। यी घटबढपछि हाल महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ६ सय ३८ पुगेको निर्वाचन समितिले बताएको छ।

हालसम्मको सहभागिता हेर्दा, विशेष महाधिवेशनमा लगभग ६३ प्रतिशत प्रतिनिधि मात्रै उपस्थित छन्।

अहिले महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि फारम वितरण भइरहेको छ। एकातिर बन्द सत्र जारी छ भने अर्कोतिर पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि उम्मेदवार फारम वितरणको व्यवस्था पनि भएको छ। त्यस्तै, पार्टीको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता पनि जारी रहेको छ।

विशेष महाधिवेशनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन गरिनेछ। साथै, केन्द्रीय समिति निर्वाचन पनि यसै महाधिवेशनमा सम्पन्न हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *