कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।

विशेष महाधिवेशन गरिरहेका नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्षधर भने केन्द्रीय कार्यसमिति बैठकमा नजाने भएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *