विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएको छ।
बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट लेखक, खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पाैडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।
यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।
