राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् ।
सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
