नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।
कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् ।
कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।
