प्रि ओपन सेसनमा २.६४ अंकले बढ्यो नेप्से

साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा २.६४ अंक बढेर २६४३.१८ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ८५ लाख ३२ हजार १६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४८ कम्पनीको ११ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *