देउवाले बोलाए आफूनिकटका नेता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवा आफू पक्षका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

संस्थापनको रणनीति तयार गर्न देउवाले नेताहरूलाई डाकेको बताइएको छ ।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन–विश्वलाई नेता–कार्यकर्ताको अपार समर्थन देखिएको छ ।

अहिलेसम्म ५० प्रतिशतको हस्ताक्षर पुगिसकेको र अझै लाइनमा रहेको नेताहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *