राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ।
निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्यसलाई आज अद्यावधिक गरेको हो।
प्रवक्ता मनीष झाका अनुसार आज बिहान उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको हो।
रास्वपाले बुझाएको समानुपातिक सूचीको आलोचना भएको थियो। त्यसपछि त्रिशला गुरुङ, आसिफ शाह, अरनिको पाँडे, सचिन ढकाल लगायतले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए।
