सुन तोलाको २ लाख ७० हजार नाघ्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *