नेप्सेमा झिनो अंकको सुधार देखिदा खुम्चियो कारोबार रकम

साताको अन्तिम कारोबारको दिन बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले बढेर बजार २६ सय ४० दशमलव ५४ को बिन्दुमा कायम भएको छ। आज ३२८ ले कारोबार गर्दा कुल ४० अर्ब ९० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ४ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।

आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेसँगै १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै एसवाई प्यानल नेपालको कारोबार भएको छ। यस कम्पनीको आज २० करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, बन्दीपुर एण्ड टुरिजमको १७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज सबैभन्दा बढी गुमाउनेमा सुपर म्यादी हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। यस कम्पनीका लगानीकर्ताले आज ३.९० प्रतिशतका दरले गुमाएका हुन्। यसदिन ७ उपसूचकमा हरियाली देखिएको छ भने ६ उपसूचक घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *