सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !

२०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन्।

उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् । 

यसअघि ०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोककुमार राई सुनसरी १ बाट विजयी भएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *