राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले आफ्नो नाम फिर्ता लिएकी छन्। सोलो ट्राभलमार्फत पर्यटन प्रवर्धनमा सक्रिय सिज्जुले फेसबुकमार्फत यात्रामा रहेकाले ढिला भए पनि नाम फिर्ता लिइसकेको स्पष्ट पारेकी हुन्।
उनले हतारमा निर्णय भएको महसुस भएपछि राजनीति भन्दा बाहिर रहेर पर्यटन क्षेत्रमा काम गर्ने निर्णय गरेको बताएकी छन्। सिर्जनाले नाम फिर्ता लिएसँगै रास्वपाको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८ पुगेको छ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता आसिफ साह, सचिन ढकाल, प्राध्यापक महेन्द्र लावती, मिलन लिम्बु र अरनिको पाँडेले पनि नाम फिर्ता लिएका थिए।
