मुख्य समाचार

मुख्य समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही […]

Read More

राष्ट्रपतिद्धारा माघ ४ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Read More

प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे । प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा […]

Read More

शेयर बजारमा सामान्य गिरावट, नेप्से ५ दशमलव ५४ अंकले घट्दा ६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५४ अकंले घटेर २६३५ बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँको कारोबार भएको हो। आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको […]

Read More

थारू समुदायले दुई दिन टुँडिखेलमा माघी महोत्सव मनाउने

थारू समुदायले पुस ३० गते र माघ १ गते काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव २०८२’ मनाउने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याण कारिणीसभाका अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिनुभयो । उहाँले महोत्सव मूल समारोहको […]

Read More

राप्ती राजमार्गको पैयाखरे-राम्री सडक दैनिक ६ घण्टा बन्द हुने

 राप्ती राजमार्गअन्तर्गत दाङ र सल्यान जोड्ने पैयाखरे–राम्री सडक खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार पैयाखरे (हर्नेटी)देखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द […]

Read More

कुलमान घिसिङ समानुपातिक सूची बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग गर्दै अदालत जाने तयारीमा छ। पार्टीका केन्द्रीय सदस्य जितराम लामाका अनुसार, उनेपाले समयमै दल दर्ता गरिसकेको छ र समानुपातिक सूची बुझाउन ५० हजार तिरेर रसिदसमेत लिइसकेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भङ्ग भएपछि आफ्नो छुट्टै सूची बुझाउने […]

Read More

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि-२०८२’ पारित गरेको छ । आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो । कार्यविधिमा कांग्रेसको १४औं महाधिवेशन विसं २०७८ (मंसिर २४ देखि २८) देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रिय कार्यसमितिको […]

Read More

बैतडीमा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो

जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो […]

Read More

गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

 दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ लगिनेछ । त्यहाँ चौरास्ता, […]

Read More