मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको चारालीस्थित प्रसिद्ध सानाे पाउ पाथिभरा मन्दिर दर्शन गरेका छन् । दमक नगरपालिका–९ स्थित हिमालय महालक्ष्मी टी–स्टेटमा रहेको मिनी दरबारबाट आएका पूर्व राजा शाहले आज बिहान पाउ पाथिभरा मन्दिरको दर्शन गरेका हुन् । पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहसहित पूर्वराजा शाह बा २१ च ७३१८ नम्बरको गाडीमार्फत झापा जिल्लाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित पाउ […]
Read More
विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएको छ। बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो। छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट लेखक, खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पाैडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी […]
Read More
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ ।पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो १ः३० बजे सपथ ग्रहण सुरु हुनेछ । पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ ।उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ ।
Read More
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५६ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९० रुपैयाँ, आलु रातो प्रतिकिलो २५ […]
Read More
सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो । कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन […]
Read More
बैतडीको पाटन नगरपालिका– ८, विजयपुरनजिकै सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एउटै वडाका तीनसहित चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । सुर्नया गाउँपालिका– ६, मोतीनगरबाट डडेलधुराका लागि छुटेको म.१ज २२४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खस्दा तीनजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको बैतडीका डिएसपी दीपककुमार रायले बताए । दुर्घटनामा […]
Read More
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र स्थगित भएको छ । भोलि बिहान ९ बजे पुनः सुरू हुने गरी बन्दसत्र स्थगित गरिएको हो । सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई वार्ताका लागि बोलाएका छन् । यदी वार्तामा सहमति जुट्न नसके नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ […]
Read More
फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पेश भएको बन्दसूचीमध्ये ८५ जना उमेद्वा्रले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका ८५ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् । जसपाले २१ जनाको नाम फिर्ताका लागि निवेदन दिएका छन् । दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै […]
Read More
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि पुस २९ गते बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही […]
Read More
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
Read More