मुख्य समाचार
नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका […]
Read More
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा […]
Read More
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनको कार्यतालिका अगाडि बढाएको छ। नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनको काम आज बिहान ९:१५ बजेसम्मका लागि समय तोकेको छ। त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए। पार्टीको पुरानै विधानअनुसार हुनलागेको निर्वाचनमा एक सभापति, दुई […]
Read More
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेका हुन् । […]
Read More
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन् । सोमबारको बन्दसत्रमा महामन्त्री थापाले राखेको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राख्नुभएको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो । सोमबारदेखि सुरु भएको बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् […]
Read More
खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित भएको छ। आज रास्वपा पार्टी कार्यालयमा दुई पार्टीका नेताहरूबीच एकता समझदारी भएको हो। यस्तै पार्टीको ५९औं केन्द्रीय कमिटी बैठकमा आज थप भएकामध्ये ७ जना सदस्यले शपथ लिएका छन्। खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाललगायत ७ जना नयाँ केन्द्रीय सदस्यको रुपमा सपथ लिएका हुन्। यस्तै रास्वपाले काठमाडौंका […]
Read More
नेपाल एसबिआई बैंकको सिन्धुलीको घ्याङलेख स्थित गाउँपालिकामा रहेको शाखा लुटिएको छ । बेलुकी तिर आएका लुटेराले सुरक्षा गार्डको हात काटिदिएका छन् भने कर्मचारीलाई बाँधेर पैसा लुटेर लागेका छन् । स्थानीय बिर्ख वाइवा तामाङ्गका अनुसार बैंक लुटेराहरु बैंक लुटेर भागेका छन् भने हात काटिएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाको थप विवरण आउन […]
Read More
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा आज मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरुलाई पारित गरेको […]
Read More
नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन् । मंगलबार काठमाण्डुमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरे पनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए । विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको […]
Read More
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वितरण […]
Read More