मुख्य समाचार

मुख्य समाचार

नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको घट्दो

नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिन्छ, जहाँ औसत वृद्धि दर सम्भावित वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुगेको थियो । त्यसपछिका वर्षहरूमा वृद्धि दर सम्भावित स्तर वरिपरि स्थिर देखिए […]

Read More

निर्वाचनको सबै तयारी पूरा

गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै […]

Read More

नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै

 नेपालको आर्थिक वृद्धि दर ऐतिहासिक रूपमा औसत ४ प्रतिशत हाराहारीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जनिक गरेको म्याक्रो इकोनोमिक रिर्पोट अनुसार १९८६ देखि १९९५ सम्मको दशकलाई आर्थिक विस्तारको कालखण्ड मानिन्छ, जहाँ औसत वृद्धि दर सम्भावित वृद्धि दर ४.३ प्रतिशतभन्दा माथि पुगेको थियो । त्यसपछिका वर्षहरूमा वृद्धि दर सम्भावित स्तर वरिपरि स्थिर देखिए […]

Read More

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

 मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । यसैबिच इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव थप चर्किएको सङ्केत दिएको छ । इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज हुँदै आवतजावत गर्ने कुनै पनि जहाज मिसाइल वा ड्रोन […]

Read More

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन्। आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन्।  आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए। उपभोक्ता […]

Read More

१० जना इरानी जासुस कतारमा पक्राउ

कतारी सरकारी समाचार एजेन्सीले बुधबार बिहान भन्यो कि कतारी सुरक्षा बलले इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)सँग सम्बन्धित दुई युनिटका केही सदस्यहरूलाई पक्राउ गरेको छ। सात संदिग्धलाई महत्त्वपूर्ण सैन्य संरचनाको जानकारी सङ्कलन गर्न जासुसीका लागि खटाइएको थियो भने अन्य तीन जनालाई ड्रोन सञ्चालन तालिम दिइएको थियो। सोधपुछमा अभियुक्तहरूले आइआरजीसीसँगको सम्बन्ध र जासुसी तथा तोडफोडका मिशनमा […]

Read More

प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्‌को बैठक

भोलि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा दिउँसो ३ बजे बस्ने रहेकी प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बस्ने बैठकमा निर्वाचनको तयारी, शान्ति सुरक्षालगायत समसामयिक विषयमा छलफल हुने कार्यक्रम छ’, रावलले नेपालखबरसँ भने। प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्‌मा गृहमन्त्री, […]

Read More

अत्यधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

 आम निर्वाचनको आसपासमा करिब एक साता बिदा पर्‍यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा निर्वाचनका लागि दियो । त्यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको बिदा भयो । यस्तै २३ गते शनिबार पर्‍यो । यस आधारमा एक साता सार्वजनिक बिदा भयो […]

Read More

निर्वाचनमा हवाई गस्ती गर्ने निर्णय

 भोलि हुने निर्वाचनमा सरकारले हवाई गस्ती गर्ने भएको छ । गृहमन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा हवाई गस्ती गर्न हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय गरेको हो । बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा […]

Read More

मध्यपूर्वको परिस्थितिबीच खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका […]

Read More

दुर्गा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतले विवादित मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चार ओटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले चार जना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो । मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानूनी […]

Read More

निर्वाचनको दिन पनि बैंक खुल्ला हुने

नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो । फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल […]

Read More