समाचार

समाचार

भेडेटार–रवि सडकखण्ड अवरुद्ध

अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार खसेको पहिरोका कारण सडकको दुवैतर्फको आवागमन बन्द भएको हो । भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोमा फसेको थियो । पहिरोमा फसेको ट्रक र त्यसका चालकको सुरक्षित उद्धार गरिएको […]

Read More

काठमाडौँबाट दार्चुला जाँदै गरेको बस दुर्घटना

 कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो । सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते हुनुभएको छ । घाइते बटालाको […]

Read More

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताए । पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले […]

Read More

बसको ठक्करबाट काठमाडौंमा दुई भारतीय नागरिकको मृ*त्यु

बसको ठक्करबाट काठमाडौंमा दुई भारतीय नागरिकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको जानकारी दिए। बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक […]

Read More

शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् । सिङ्गापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ्हग गएका हुन् । हङकङ्ममा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ।

Read More

दाउन्ने सडक खण्डमा ७ किलोमिटरभन्दा लामो जाम

लगातारको वर्षाले चिप्लो बाटोमा गाडीहरु उक्लिन नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । इलाका प्रहरी कार्यालय दुम्किवासका अनुसार ७ किलोमिटरभन्दा लामो जाम परेको छ । शुक्रबार दिउँसोदेखि पानी परेर सडक चिप्लो भएपछि दाउन्ने खण्ड अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, […]

Read More

कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी […]

Read More

जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाँदै

लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्समा सहभागी हुन सात सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको जाने भएको छ । चैत ९ देखि १३ गतेसम्म उडिसा हुने कोर्समा श्रीप्रसाद कोजु, श्रीकृष्ण खर्बुजा, नेप्पल कोजु, लुमिला मानन्धर, पिज्ज महर्जन, देवेश कोजु र सुनिल बुढाथोकीले भाग लिनुहुनेछ ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल जिम्न्याष्टिक […]

Read More

राजनीतिबाट अस्थायी विश्राम लिँदै कलाकारितामा फर्किने प्रकाश सपुतको घोषणा

 गायक प्रकाश सपुतले राजनीतिक अनुभव, निर्वाचनमा सहभागिता र भविष्यको योजनाबारे भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विश्व प्रसिद्ध कोरियन संगीत समूह बीटीएसको उदाहरण दिँदै आफ्नो व्यक्तिगत यात्रा र देशप्रतिको अपेक्षालाई जोडेर लामो स्टाटस लेखेका हुन्। सपुतका अनुसार बीटीएस समूहले दुई वर्ष सैन्य सेवापछि पुनः नयाँ एल्बम र लाइभ कन्सर्टमार्फत फर्किएको प्रसंगलाई आधार बनाएर […]

Read More

प्रधानमन्त्री कप क्रिकेटकाे पहिलो दिनका दुवै खेल वर्षाका कारण रद्द

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारका निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ । यस प्रतियोगिताको उद्घाटन खेल जनकपुरमा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने तय थियो । जनकपुरमा मधेस र कोसी प्रदेशबीचको खेल सुरु नहुँदै रद्द गरिएको छ । वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भए पनि वर्षापश्चात् […]

Read More

इरान तनावबिच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

 बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमार्फत जानकारी दिएको हो । वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो । साथै बेलायतले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उक्त […]

Read More

नेपालमा निर्वाचन सम्पन्न भएकामा चीनले दियो बधाई

 चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ । चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ चीनले नेपालसँगको परम्परागत मित्रतालाई अगाडि बढाउँदै व्यावहारिक सहयोगलाई सघन बनाउने र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाएको छ ।

Read More