विमा
स्वास्थ्य बिमा बोर्डले बिमा नविकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। बोर्डले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता गरेर बिमा नविकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। बोर्डले स्वास्थ्य बिमालाई प्रविधिमैत्री र सुरक्षित बनाउन राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बिमा प्रणालीमा आबद्ध गर्ने गरी सहमति गरेको जनाएको छ। सम्झौतापत्रमा राष्ट्रिय परिचयपत्र तथा […]
Read More
चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ […]
Read More
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औँ बार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ। काठमाडौँस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको उद्घाटन दीप प्रज्वलनसहित कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले गरेकी थिइन् । अध्यक्ष सिंहले कर्मचारी, अभिकर्ता, बिमित तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै कम्पनीलाई अग्रस्थानमा पुर्याउन उनीहरूले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिएको बताइन् […]
Read More
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलोपटक पृथक् विशेषतासहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । यो योजना ‘एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !’ नाराका साथ सार्वजनिक गरिएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार, यो महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष […]
Read More
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलोपटक पृथक विशेषतासहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार ‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ नाराका साथ नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरिएको हो । योजनाको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमांकको आधारमा नगद सुविधा प्रदान […]
Read More
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बिमा शुल्क सङ्कलन गरी मधेश प्रदेशबाट योग्य अभिकर्तालाई सम्मान गरेको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्तालाई सिइओे क्लबको सदस्यता वितरण तथा सम्मान गर्नुका साथै नेसनल […]
Read More
सूर्यज्योति लाइफ इन्स्योरेन्सले छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डमा नवप्रवर्तनका लागि प्रविधि र बीमा प्रविधि विधामा उपाधि प्राप्त गरेको छ। थाइल्याण्डको बैंकमा इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित समारोहमा सूर्यज्योती लाइफले टेक्नोलोजी एण्ड इन्स्योरटेकमा आधारित नवप्रवर्तन विधामा उपाधि पाएको हो। उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको […]
Read More
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् ।शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा […]
Read More
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड-इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने […]
Read More
मेटलाइफ इन्क लगातार सातौँ वर्ष फर्च्युन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिजको सूचीमा सूचीकृत भएको छ। सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बिमा उद्योगमा पहिलो स्थान हासिल गरेको हाे । फर्च्युन कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फर्चुन वर्ल्डस् मोस्ट एड्मायर्ड कम्पनिज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्यांकन गर्दै आएका छन्। “करिब […]
Read More
प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका सम्बन्धमा देखिएको समस्या सरकारले स्रोत जुटाएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आज प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य बिमासम्बन्धी छलफलमा उनले आर्थिक अभावको अवस्थामा सेवा कायम राख्ने, एकद्वार प्रणाली लागु गर्ने, बलियो नियमन र तत्काल स्रोत व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ऋण लिएर भए पनि वा अन्य स्रोत […]
Read More
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरू सहित देशभरिका शाखा कार्यालय […]
Read More