Breaking News

Breaking News

महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

 राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन रहेको छ । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव जितेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच भएको […]

Read More

निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो

पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आ.व.को कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ […]

Read More

गगनको दाबी-पार्टीभित्रै म र अर्का महामन्त्री घेराबन्दीमा पर्‍यौं

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा घेराबन्दीमा परेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय कांग्रेसले प्रक्रिया र विधानलाई बेवास्ता गर्दै आएको आरोप लगाए। संख्याको दम्भ देखाउँदै केही नेताहरूले हामी दुई महामन्त्रीहरूविरुद्ध प्रहार गरिरहेको र सबै मिलेर कर्नर गर्ने प्रयास भइरहेको उनले दाबी […]

Read More

सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्– म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश ! […]

Read More

सिर्जना सिज्जुद्वारा समानुपातिक उम्मेदवारी फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले आफ्नो नाम फिर्ता लिएकी छन्। सोलो ट्राभलमार्फत पर्यटन प्रवर्धनमा सक्रिय सिज्जुले फेसबुकमार्फत यात्रामा रहेकाले ढिला भए पनि नाम फिर्ता लिइसकेको स्पष्ट पारेकी हुन्। उनले हतारमा निर्णय भएको महसुस भएपछि राजनीति भन्दा बाहिर रहेर पर्यटन क्षेत्रमा काम गर्ने निर्णय गरेको बताएकी छन्। सिर्जनाले नाम फिर्ता […]

Read More

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका […]

Read More

अध्यक्ष लिङदेन र मन्त्री खरेलबिच भेटवार्ता

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । बुधबार लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।  मन्त्री खरेलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको अध्यक्ष लिङ्देनले बताएका छन् ।  निर्वाचनको वातावरण निर्माणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले […]

Read More

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उनले भने, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन ।” […]

Read More

वीरगञ्जमा कर्फ्यू हटाइयो

दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू हटाइएको छ । मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात वीरगञ्जको कर्फ्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू समय थप गरेको थियो । ‘…सर्वदलीय / सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको […]

Read More

एमालेको चुनावी कमाण्डर बने बादल

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई आगामी निर्वाचनको समग्र परिचालनको जिम्मेवारी दिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो । यससँगै बादलले समग्र निर्वाचन परिचालनको चुनावी कमाण्डरको भूमिका निर्वाह गर्ने भएका छन् । उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवमा […]

Read More