Breaking News

Breaking News

यस्ताे छ एमाले केन्द्रीय कमिटी बैठककाे कार्यसूची

 नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक  ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो ।  बैठकमा छलफल गर्नका लागि ६ बुँदे कार्यसूची तय गरिएको छ । बैठकको सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्  । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएका खर्चका जानकारी, […]

Read More

सडक दुर्घटना न्यूनीकरणका लागि सबैले जिम्मेवारीवोध गरौँ: उपप्रमुख डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताएकी  छिन् । शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताइन् । आर्थिक वर्ष २०८०–०८१ […]

Read More

राष्ट्रपति भेट्न देउवा शीलतनिवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ। तर, भेटघाट पार्टीको आन्तरिक हो वा समसामयिक विषय खुलेको छैन।

Read More

पूर्वमन्त्री तथा कांग्रेस नेता दाहालको सम्मानमा कांग्रेसले तीन दिन झन्डा झुकाउने

केन्द्रीय कार्यसमिति बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै परिवारजन र आफन्तप्रति समवेदना व्यक्त गरेको छ ।कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानमा तीन दिन (पुस २६, २७ र २८) पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ ।  कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यालय, प्रदेश […]

Read More

माघ १ देखि पाँच लाखभन्दा माथिको नगद कारोबार निषेध

सरकारले माघ १ गतेदेखि नगद कारोबारको अधिकतम सीमा पाँच लाख रुपैयाँ तोकेको छ। सो सीमाभन्दा बढी रकमको भुक्तानी नगदमा गर्न नपाइने व्यवस्था लागू हुने भएको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। […]

Read More

काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

 नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।  आज बिहान ९ बजे  पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो ।  केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा  उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

Read More

सानेपामा कांग्रेस कार्यसम्पादन समितिको आकस्मिक बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ।महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का‚ उपसभापति धनराज गुरुङ‚ महामन्त्री गगनकुमार थापालगायत उपस्थित छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित छन्।कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) भने […]

Read More

अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

संयुक्त राज्य अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् । […]

Read More

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको छ ।  रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “रास्वपालाई एउटा आरोप छ । […]

Read More

रहबर अन्सारीद्वारा पार्टी परित्यागको घोषणा

साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् ।  अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।  उनले बुझाएको राजीनामापत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा गाएको ‘सागर के तुफान को भी हमने बस में किया है..’ […]

Read More