चैतका लागि बैंकहरूले घटाए ब्याजदर

वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार अधिकतम औसत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ ।

फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४‍‍‍‍‍‍‍.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुमा झरेको छ । यस प्रकारको निक्षेपमा औसत ब्याजदर ०.०७ प्रतिशतविन्दुले घटेको हो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाउँदा औसत दरमा गिरावट आएको हो । बाँकी १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर फागुन महिनाकै दरमा कायम राखेका छन् ।

संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.०३ प्रतिशतविन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन् ।

ब्याजदरमा आएको गिरावटसँगै निक्षेपकर्ताले केही कम प्रतिफल पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा पनि यसको प्रभाव पर्ने अनुमान गरिएको छ ।

बैंकफागुनको ब्याजदरचैतको ब्याजदर
कृषि विकास६.४४३५.६६
एभरेष्ट६.५
नेपाल७.२५
लक्ष्मी सनराइज७.५
माछापुच्छ्रे७.७५
एनआईसी एसिया८.५४८
प्रभु७.५७.५
स्टान्डर्ड चार्टर्ड७.३५
राष्ट्रिय वाणिज्य७.३५
नबिल७.७५७.२५
ग्लोबल आईएमई७.६७.६
सिद्धार्थ७.५
प्राइम कमर्सियल७.४७.२५
कुमारी८.०१७.५१
सानिमा७.५१७.२५
हिमालयन८.१५७.५
नेपाल एसबीआई८.१७.०१
नेपाल इन्भेष्टमेन्ट
एनएमबी८.५
सिटिजन्स८.२५७.७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *