भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको एघारौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न

बिष्णु प्रसाद गौतमको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गर्दै भोटेबहाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघको एघारौं वार्षिक साधारणसभा तथा पाँचौं अधिबेशन भब्यरुपमा सम्पन्न भएको छ।

“गुणस्तरीय उत्पादन देशमा रोजगारी आर्थिक समृद्धि र देश बिकासमा हाम्रो जिम्मेवारी” भन्ने मूल नाराका साथ  संघका अध्यक्ष श्रीमती कुसुम श्रेष्ठ सभापतित्वमा सम्पन्न सो अधिवेशनको प्रमुख अतिथिको रुपमा  नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ रहनु भएको थियो | यसैगरी विशिष्ट अतिथिको रुपमा  वरिष्ठ उपाध्यक्ष तथा संघका सल्लाहकार समिति सदस्य हरिबहादुर गौतम र चौधरी ट्रेडर्स प्रा.लि.का सञ्चालक प्रमोद चौधरी साथै निवर्तमान अध्यक्ष तथा सल्लाहकार समिति संयोजक चन्द्र बहादुर लामिछानेसहित विभिन्न व्यवसायिक संघका अध्यक्ष तथा प्रतिनिधि, संघका पदाधिकारी र सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

अधिवेशनबाट बिष्णु प्रसाद गौतमको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

नवनिर्वाचित कार्यसमिति

अध्यक्ष -श्री बिष्णु प्रसाद गौतम

वरिष्ठ उपाध्यक्ष – शिव बहादुर के.सी.

उपाध्यक्ष-बिजुरत्न बज्राचार्य

उपाध्यक्ष -मिलन शर्मा

उपाध्यक्ष -ज्ञानरत्न महर्जन

उपाध्यक्ष -जाकिर अन्सारी

उपाध्यक्ष -जमुना आचार्य

महासचिव- राज कुमार के.सी.

उप-महासचिव- बसन्त कुमार मगर

सचिव- पुष्प ढुङ्गाना

सचिव- आशिष तामाङ्ग

कोषाध्यक्ष-सुनिल पोखरेल

सह-कोषाध्यक्ष-अनिता सापकोटा नेपाली

सदस्य-अनुप बल

सदस्य-सैफ अन्सारी

सदस्य -विजय थापा

सदस्य-रविन खड्का

सदस्य -आशा थोकर

सदस्य-नरेश देउला

सदस्य-सञ्जय शर्मा

सदस्य- नीलमणि श्रेष्ठ

सदस्य- महेन्द्र खड्का

सदस्य – अब्दुल अन्सारी

निर्वाचन समिति संयोजक हरि बहादुर गौतमको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गराई सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न गरेको थियो। अधिवेशनपछि बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अधिवेशन सफल बनाउन योगदान गर्ने सबैप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ।

साथै, निवर्तमान अध्यक्ष श्रीमती कुसुम श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गर्ने लगायत थप तीन महत्वपूर्ण निर्णयहरू पनि बैठकले गरेको जनाइएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.