आईपीएल क्रिकेटमा मुम्बईद्वारा गुजरात पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले हराएको छ ।

तिलक बर्माको शतक मुम्बईको जीतको लागि महत्त्वपूर्ण बन्यो । उनले ४५ बलमा अविजित १०१ रन बनाए ।

गुजरातको घरेलु मैदान अहमदावादमा हिजो भएको खेलमा मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएको थियो जवाफी ब्याटिङ गरेको गुजरातले १५ ओभर ५ बलमा १०० रनमात्र बनाउँदै अलआउट भयो ।

बलरले उत्कृष्ट पारी खेलेपछि मुम्बईले चार खेलेको हार शृङ्खला पनि अन्त्य गरेको छ ।

मुम्बईका अश्वनी कुमारले सर्वाधिक ४ विकेट लिएका छन् ।

जितसँगै मुम्बई तालिकाको सातौँ स्थानमा छ भने गुजरात छैटौँ स्थानमा छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.