यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुसी बाँडेको छ। यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको छ। अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ।
अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको थियो। भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट customized चकलेट प्रदान गरिएको थियो। साथै, शोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरी ग्राहकलाई विशेष महसुस गराउने प्रयास गरिएको थियो।
यस अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता पनि समावेश गरिएको थियो। देशभरका यामाहा शोरूमहरूमा भ्यालेन्टाइन थिममा सजिएका फोटोबुथ स्थापना गरिएका थिए, जहाँ ग्राहकहरूले आफ्ना रमाइला क्षणहरू कैद गरी सामाजिक सञ्जालमा शेयर गरेका थिए। प्राप्त इन्ट्रीहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली विजेता चयन गरी उहाँहरूलाई विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो।
प्रदेशगत विजेताहरूमा बिशाल माझी (बागमती, चाबहिल), चन्दा श्रेष्ठ बस्नेत (कोशी, बिर्तामोड), सीता कुमारी तामाङ (मधेश, बर्दिबास), अब्दुल अजीज खान पठान (लुम्बिनी, नेपालगञ्ज), शालिभान बोहरा (सुदूरपश्चिम, धनगढी), अनीता रास्कोटी (कर्णाली, सुर्खेत) र अशोक कुमार दर्जी (गण्डकी, पोखरा) रहेका छन्। यसैगरी, कुमारिपाटीका श्री देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जित्दै आफ्नो भ्यालेन्टाइन उत्सवलाई अविस्मरणीय बनाएका छन्।
