माउन्ट एभरेस्ट डिस्टिलरीद्वारा ४०UP प्रिमियम स्पिरिट ‘रेड नेचर’ र ‘ब्लु नेचर’ सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली बजारको प्रिमियम स्पिरिट सेग्मेन्टमा दुई नयाँ उत्पादन सार्वजनिक भएका छन्। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले ‘रेड नेचर’ र ‘ब्लु नेचर’ नामका अल्कोहलको मात्रा करिब ४० प्रतिशत वा सोभन्दा माथि रहेको प्रिमियम स्पिरिट बजारमा ल्याउने घोषणा गरेको हो।

कम्पनीका अनुसार वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुने यी उत्पादनहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई लक्षित गर्दै उच्च गुणस्तरमा तयार गरिएको हो। आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण दुवै ब्रान्डले प्रिमियम बजारमा छुट्टै पहिचान बनाउने अपेक्षा गरिएको छ।

७५० मिलिलिटर क्षमताको बोतलको अधिकतम खुद्रा मूल्य (एमआरपी) १,२४० रुपैयाँ तोकिएको छ। उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको कम्पनीले जनाएको छ।

नयाँ वर्षको सन्दर्भसँगै “नयाँ वर्ष, उही साथीसर्कल” भन्ने अवधारणामार्फत कम्पनीले जिम्मेवार उपभोगको सन्देशसमेत प्रवाह गरेको छ। उपभोक्तालाई गुणस्तरीय विकल्प दिनुका साथै जिम्मेवार पिउने संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य रहेको कम्पनीका अधिकारीले बताएका छन्।

कम्पनीले आगामी दिनमा पनि प्रिमियम सेग्मेन्टमा नवीन उत्पादनहरू ल्याउने योजना बनाएको जनाएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.