नयाँ वर्षमा याडियाको अफर: शुन्य प्रतिशत ईएमआई र साथमा आकर्षक उपहार

नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ।

वैशाख १ गतेदेखि लागू हुने योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि याडिया स्कुटर खरिद गर्दा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउनेछन्। यससँगै प्रत्येक खरिदमा विशेष उपहार ह्याम्पर पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार उक्त योजना वैशाख महिनाभर लागू हुनेछ। यसले एकमुष्ट भुक्तानीको भार घटाउँदै ग्राहकलाई सहज किस्तामा सवारी खरिद गर्ने अवसर दिनेछ।

नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणबीच कम्पनीले सुरुवाती लागतजस्ता अवरोध कम गर्दै थप ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ।

याडिया विश्वमै लगातार नौ वर्षदेखि नम्बर १ विद्युतीय दुईपांग्रे ब्रान्डका रूपमा स्थापित रहेको दाबी गरिएको छ। नेपालमा पनि यसको प्रयोग विस्तार हुँदै गएको कम्पनीले जनाएको छ।

कुजु नेपालका अनुसार नयाँ वर्ष योजना ग्राहकको बदलिँदो प्राथमिकता—सुविधा, बचत र भरपर्दोपनलाई लक्षित गरी ल्याइएको हो।

यो अफर देशभर रहेका याडिया शोरूमहरूमा सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.