‘सर्किट ब्रेकर’मा नयाँ नियमः ५ प्रतिशतमा पहिलो ‘ब्रेक’, ८ प्रतिशत पुगे दिनभरका लागि बजार बन्द !

सेयर बजारमा ‘सर्किट ब्रेकर’मा नयाँ नियम लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को संशोधन प्रस्ताव स्वीकृत गरेसँगै ‘सर्किट ब्रेकर’मा पनि नयाँ नियम लागू हुने भएको हो ।

नयाँ नियम अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ ।

त्यस्तै, पहिलो ‘सर्किट ब्रेक’ लागेर पुनः खुलेको बजार ८ प्रतिशतले बढे वा घटेमा उक्त दिनका लागि कारोबार पूर्ण रुपमा बन्द हुनेछ । यसअघि नेप्सेमा ४ प्रतिशतमा पहिलो ब्रेक, ५ प्रतिशतमा दोस्रो ब्रेक र ६ प्रतिशत दिनभरका लागि बजार बन्द हुने व्यवस्था गरिएको थियो ।

तर, अब भने ४ प्रतिशतलाई हटाएर ५ प्रतिशत पुर्याइएको छ भने अन्तिम ६ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याइएको छ ।

धितोपत्र बोर्डले उक्त संशोधन प्रस्ताव स्वीकृत गरे पनि लागू भने भइसकेको छैन । अब बोर्डले संशोधित विनियमावलीको आधिकारिक पत्र नेप्सेमा पठाउनेछ । पत्र पाएपछि नेप्सेको सञ्चालक समितिको बैठकले नयाँ व्यवस्था कार्यान्वयनको निर्णय गर्नेछ । सोही अनुसार नयाँ नियम लागू हुने नेप्सेका एक उच्च अधिकारीले बताएका छन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.