हिमालयन रिइन्स्योरेन्सका सीईओसहित उच्च पदाधिकारीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टीकरण

हिमालयन रिइन्स्योरेन्सका सीईओसहित उच्च पदाधिकारीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टीकरण

हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित उच्च पदाधिकारीलाई नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको छ। पछिल्लो समय कम्पनीमा भएका नियमविपरीतका कार्यलाई लिएर सीईओ उपासना पौडेलसहित उच्च पदाधिकारीलाई स्पष्टीकरण सोधिएको प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगले अधिकारीले जानकारी दिइन्। ‘प्राधिकरणले ७ दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन कम्पनीका सीईओलगायत उच्च पदाधिकारीलाई निर्देशन दिएको छ’, उनले भनिन्। चित्तबुझ्दो जबाफा नआएको खण्डमा प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाउने प्रवक्ता अधिकारीले जानकारी दिइन्। केही दिनअघि मात्रै कम्पनीको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका थिए। त्यसपछि कम्पनीका स्वतन्त्र सञ्चालकबाट किरण पौडेलले पनि राजीनामा दिएका छन्। हालै कम्पनी सञ्चालकमा पुनर्गठन गरिएको थियो। जसअनुसार सञ्चालकहरुमा उदयकुमार निरौला, दिपेन्द्रकुमार मिश्र र पृथ्वीराज…
Read More
सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई कम्प्युटर र खानेपानी फिल्टर हस्तान्तरण

सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित श्री गङ्गामाला आधारभूत विद्यालय लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीले विद्यालयलाई ४ थान कम्प्युटर तथा विद्यार्थीहरूको लागि आवश्यक १ थान खानेपानी फिल्टर प्रदान गरेको जनाएको छ। उक्त कार्यक्रम चैत २९ गते सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बिसी, प्रधानाध्यापक तेज कुमारी चपाइ लगायत शिक्षक तथा कर्मचारीहरूको पनि सहभागिता रहेको थियो। उक्त सामग्रीहरू नेपाल बीमा प्राधिकरणका कर्णाली…
Read More
आफ्नो जन्मदिनको अवसरमा परिवारलाई सन लाइफ नबिन आजीबन आर्थिक सुरक्षा उपहार

आफ्नो जन्मदिनको अवसरमा परिवारलाई सन लाइफ नबिन आजीबन आर्थिक सुरक्षा उपहार

समाजमा आफ्नो जन्मदिन लगायत बिशेष दिनमा केक काट्ने , पार्टी ,भोज वा विभिन्न कार्यक्रम आयोजना गरी फजुल खर्च गर्ने चलन बढ्दो रूपमा विकसित छ, तर माडी ०४, चितवन निवासी युवा उधमी, तथा सफल बीमाकर्मी सिमान्त चौधरीले आफ्नो जन्मदिनमा हुने बिभिन्न फजुल खर्च कटाई भविष्यमा हुन सक्ने आर्थिक क्षतिबाट परिवार बचाउन जन्मदिनलाई बिशेष बनाउन दीर्घकालीन सोच सहित बीमा पोलिसी आर्थिक उपहार प्रदान गरेका छन्। उनले बजारमा उपलब्ध विभिन्न बीमा योजना मध्ये उत्कृष्ट मानिएको “ सबै काम गरौं पटक पटक बीमा गरौं एक पटक ” भन्ने भनाई सहित सन लाइफ नबिन आजीवन बीमा योजना रोज्दै आफ्नो र आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने…
Read More
गरिब तथा विपन्न वर्गका लागि हरेक अस्पतालमा निःशुल्क बेडको विवरण एकै ठाउँमा

गरिब तथा विपन्न वर्गका लागि हरेक अस्पतालमा निःशुल्क बेडको विवरण एकै ठाउँमा

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अस्पतालमा उपचारका लागि आउने विपन्न र असाह्य बिरामीका लागि निःशुल्क शैय्या उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा ल्याउन वेब पोर्टल सञ्चालनमा ल्याएको छ। सरकारले गत चैत्र १३ गते सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीमा ३० दिनभित्रै यो व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेकोमा २० दिनमै वेब पोर्टल सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले Free Health Dashboard – Ministry of Health and Population नामबाट वेब पोर्टल सञ्चालनमा ल्याएको छ। यसमा कुन अस्पतालमा कति वटा निःशुल्क शैय्या उपलब्ध छ। कति वटा निःशुल्क शैय्या बिरामीलाइ उपलब्ध गराइएको छ र कति वटा बाँकी छ भन्ने विवरण अध्यावधिकरूपमा यो पोर्टलमा प्राप्त…
Read More
बीमकको सुझावपछि लघुबीमा निर्देशन संशोधन गर्दै बीमा प्राधिकरण

बीमकको सुझावपछि लघुबीमा निर्देशन संशोधन गर्दै बीमा प्राधिकरण

नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ लाई संशोधन एवं परिमार्जन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले लघुबीमा क्षेत्रको नियमन, सञ्चालन तथा कार्यान्वयनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले लघुबीमा निर्देशन संशोधनको प्रक्रिया अगाडि बढाएको हो। त्यस क्रममा बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ र विभिन्न निकायबाट प्राप्त रायसुझाव तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा लघुबीमा निर्देशन, २०८२ को संशोधन मस्यौदालाई अन्तिम रुप दिइएको प्राधिकरणले जनाएको छ। यसका साथै लघुबीमा क्षेत्रका तथ्यांकहरु संकलन एवं विश्लेषणका साथ लघुबीमासम्बन्धी अध्ययन तथा अनुसन्धानको कार्यलाई समेत अगाडि बढाइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.