युएईविरुद्धकाे टी-२० सिरिजको टिकट बुकिङ खुल्ला

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुन लागेको नेपाल र युएई बीचको ऐतिहासिक टी-२० आई सिरिजका लागि टिकटको बिक्री आधिकारिक रूपमा सुरु भएको छ।

‘फ्लडलाइट’को उज्यालोमा रात्रिकालीन समयमा खेलिने यस ऐतिहासिक श्रृंखलाका लागि आयोजकले टिकट बुकिङ खुला गरेको हो।

नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थप्न लागेको यस सिरिजका लागि सबै जोनका लागि टिकटको मूल्य प्रतिव्यक्ति ७५० रुपैयाँ निर्धारण गरिएको छ। दर्शकहरूले अनलाइन पोर्टल मार्फत वा तोकिएका आधिकारिक काउन्टरहरूबाट सजिलै टिकट प्राप्त गर्न सक्नेछन्।

कीर्तिपुर मैदानमा पहिलो पटक रात्रिकालीन क्रिकेटको अनुभव लिन र नेपाली टोलीलाई हौसला प्रदान गर्न क्रिकेट प्रेमीहरूमाझ ठूलो उत्साह देखिएको छ। नेपाल क्रिकेट संघले यसअघि नै खेलको तयारी पूरा भइसकेको जानकारी दिँदै दर्शकहरूलाई समयमै आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.