नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता १ लाख ५० हजार, सेलिब्रेसन राइड सम्पन्न

नेपालका लागि टीभीएस मेटर कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले एनटर्क स्कुटर प्रयोगकर्ताको सङ्ख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ। नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै एनटर्कले यो ऐतिहासिक सफलता हासिल गरेको हो।

यस खुसीयालीलाई मनाउन जगदम्बा मोटर्सले शनिवार एनटर्क ओनर्स ग्रुप राइडको आयोजना गर्‍यो। टीभीएसको नक्साल शोरुमबाट सुरु भएको उक्त यात्रा शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो। राइडमा ५० जनाभन्दा बढी ग्राहकहरूका साथै २० जनाभन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर र सञ्चारकर्मी गरी कुल ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो।

सहभागीहरूले सुरक्षित यात्रा र सामूहिक राइडिङ सम्बन्धी तालिम प्राप्त गर्नुका साथै एक-आपसमा आफ्ना अनुभवहरू समेत साटासाट गरेका थिए। मनोरञ्जनका लागि विभिन्न खेल र गतिविधिहरू समावेश गरिएको उक्त कार्यक्रममा विजेताहरूलाई आकर्षक उपहार र सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यस अवसरमा बोल्दै भने ‘नेपालमा १ लाख ५० हजार चालकहरूको साथ पाउनु गौरवको विषय हो। यो हाम्रा ग्राहकहरूको अटुट विश्वास र उत्साहको प्रमाण हो। हामीले यो ल्इन् राइडमार्फत ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मनोरञ्जनात्मक र जिम्मेवार राइडिङको अनुभव प्रदान गर्ने प्रयास गरेका छौँ।’

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.