सीजी मोटर्सद्वारा “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” औपचारिक शुभारम्भ

सीजी मोटर्सले नेपालमै पहिलो पटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी (EV) ब्रान्डलाई एउटै स्थानमा समेट्दै “मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को औपचारिक शुभारम्भ गरेको छ।

माघ १५ देखि १८, २०८२ सम्म काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनमा सञ्चालन भइरहेको चारदिने कार्निभलमा Smart, Xpeng, Aion, Riddara, Kinglong, Dayun र Neta ब्रान्डका अत्याधुनिक ईभी सवारीहरू एकै छानामुनि अवलोकन, टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ।

ग्राहकहरूका लागि अधिकतम १० लाख रुपैयाँसम्म नगद छुट, आकर्षक एक्सचेन्ज अफर, निःशुल्क ईभी चार्जर, एक वर्षको बीमा, चालु आर्थिक वर्षको सडक कर निःशुल्क तथा स्थलमै फाइनान्स सुविधा उपलब्ध गराइएको सीजी मोटर्सले जनाएको छ।

साथै, लक्की ड्र, टेस्ट ड्राइभ उपहार, बालबालिकाका लागि गेम जोन र फुड जोनसहित कार्यक्रमलाई परिवारमैत्री बनाइएको छ। कार्निभल दैनिक बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *