तनहुँमा आजदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

जिल्ला सदरमुकाम दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु हुन लागेको महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए । यसअघि विसं २०७९ पुस २२ गतेदेखि पाँचौँ जनजाति महोत्सव गरिएको थियो । महोत्सवले तनहुँका जातजातिका संस्कृति संरक्षणका साथै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *