नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ लाई संशोधन एवं परिमार्जन गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
प्राधिकरणले लघुबीमा क्षेत्रको नियमन, सञ्चालन तथा कार्यान्वयनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले लघुबीमा निर्देशन संशोधनको प्रक्रिया अगाडि बढाएको हो।
त्यस क्रममा बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ र विभिन्न निकायबाट प्राप्त रायसुझाव तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा लघुबीमा निर्देशन, २०८२ को संशोधन मस्यौदालाई अन्तिम रुप दिइएको प्राधिकरणले जनाएको छ।
यसका साथै लघुबीमा क्षेत्रका तथ्यांकहरु संकलन एवं विश्लेषणका साथ लघुबीमासम्बन्धी अध्ययन तथा अनुसन्धानको कार्यलाई समेत अगाडि बढाइएको छ।
