लकडाउनको ५१ औं दिनः उपत्यकामा सवारी साधनको चाप अत्याधिक

काठमाडौं, बैशाख ३१। कोभिड—१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबार देखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप बढेको छ । बुधबार काठामाडौं उपत्याकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छैन् ।

विभिन्न उद्योग, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका सवारी साधनको चाप अत्याधिक छ । मंगलबार देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण बढेपछि भने जनजीवन फेरी प्रभावित भएको छ । तरपनि सरकारले सामाजिक दुरी कायम गराउन उपयुक्त निर्णय गर्न नसक्दा सडकमा सवारी चाप बढेको छ । सडकमा समेत विगतमा भन्दा मानिसहरुको आवागमन केही बाक्लो देख्न सकिन्छ । विभिन्न खाद्य पसल, औषधि पसल लागयतका सबै खालका पसलहरु सञ्चालनमा आएका छन् । यस्तै मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर अत्यावश्यक वस्तुहरु किनमेल गरिरहेका छन् ।

सरकारले गत साता खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी र पशु औषधि र किटनाशक औषधी लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको थियो । बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन् । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ ।

यस्तै उपत्यकामा सवारी सञ्चालनको लागि आइतबार देखि टाइम कार्डको व्यवस्था गरेको थियो । जसले गर्दा बिहान ९ बजेदेखि ११ बजे सम्म र दिउसो ४ बजेदेखि साँझ ६ बजे सम्म सवारी साधनको चाप अत्याधिक हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *