विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघ्यो

एजेन्सी। विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकले देखाएको छ । त्यस्तै, कोभिड–१९ मा ज्यान गुमाउनको संख्या २ लाख ७७ हजार नाघेको छ ।

महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित देश रहेको छ । विश्वका कूल संक्रमित र ज्यान गुमाएका मध्ये एक तिहाई भन्दा बढी अमेरिकामा रहेका छन् ।

विज्ञहरुले संक्रमितको संख्या अझ बढी हुन सक्ने चेतावनी दिएका छन् किनभने कतिपय देशहरुमा परीक्षणको दायरा निकै कम कम रहेको छ ।

स्पेनलगातय केही देशहरुमा दैनिक मृत्यु दर कम हुँदै गइरहेको छ तर लकडाउन खुकुलो बनाउँदा महामारीको दोस्रो लहर आउन सक्ने खतरा अझै बाँकी रहेको छ ।

कुनै बेला युरोपको हटस्पट बनेको इटालीले यो हप्तादेखि लकडाउनलाई केही खुकुलो बनाएको छ । उता, फ्रान्समा पनि पछिल्लो २४ घण्टामा एक महिना यताकै सबैभन्दा कम मृत्यु भएको छ ।

यसको साथै विभिन्न देशका सरकारहरु महामारीका कारण आउने सम्भावित आर्थिक मन्दीसँग जुझ्ने तयारीमा पनि लागेका छन् ।

बीबीसी