संसद् विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख तोकियो

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा फागुन २१ गते हुने निर्वाचनको भोलिपल्ट अर्थात् फागुन २२ गते साधारण तारिख तोकेको छ ।

रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले उक्त जानकारी दिएका हुन् ।

यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिटमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

त्यसपछि नेकपा (एमाले)का सांसद र नेपाली काँग्रेसले पनि छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

सबै विपक्षीबाट लिखित जवाफ पेश भइसके पनि अदालतले हालसम्म साधारण तारिख मात्रै दिएको छ ।

प्रारम्भिक सुनुवाइ मात्र सम्पन्न भएको र थप सुनुवाइको मिति भने अझै तय भएको छैन ।

रिटमा प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै राष्ट्रपतिको निर्णय बदर गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *