पोखरामा Khalti by IME को ‘Agent अन्तरक्रिया’ सम्पन्न, १७० भन्दा बढी एजेन्ट सहभागी

Khalti by IMEले शनिबार पोखराको White House Party Palaceमा ‘एजेन्ट अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७० भन्दा बढी एजेन्टहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

मर्जरपछिको नयाँ कार्यदिशा, सेवा विस्तार तथा एजेन्ट सञ्जाल सुदृढीकरणमा केन्द्रित कार्यक्रममा केन्द्रीय कार्यालयबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट चिफ बिजनेस अफिसर निशान्त बि.सी., दिनेश वस्ती तथा विजय सुबेदी सहभागी भएका थिए। उनीहरूले मर्जरपछिको रणनीति, सेवा एकीकरणको अवस्था र आगामी योजनाबारे प्रष्ट पार्दै एजेन्टहरूले उठाएका गुनासा तथा जिज्ञासाको प्रत्यक्ष जवाफ दिएका थिए।

कार्यक्रममा एजेन्टहरूको आम्दानीका सम्भावित नयाँ क्षेत्रबारे पनि विस्तृत छलफल गरिएको थियो। हवाई टिकट बुकिङ, सिम कार्ड बिक्री लगायत अतिरिक्त सेवामार्फत कारोबार वृद्धि गर्ने उपायबारे मेरिना रिजाल र श्रिजना तिमिल्सिनाले प्रस्तुति दिँदै व्यावहारिक सुझावहरू प्रस्तुत गरेका थिए।

त्यसैगरी, IME Remit Limitedका बिक्री प्रमुख जगत प्रसाद रिजालले डिजिटल भुक्तानी र रेमिट्यान्स सेवालाई एकीकृत गर्दै एजेन्टहरूका लागि थप अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

समापन सत्रमा कम्पनीका प्रतिनिधि विश्वराज बस्नेतले यस्ता अन्तरक्रिया कार्यक्रम देशका अन्य प्रमुख सहरहरूमा पनि विस्तार गरिने जानकारी दिए। साथै, संस्थाले उत्पादन र प्रविधिमा निरन्तर सुधार गर्दै नेपालको डिजिटल बजारमा अझ प्रभावकारी उपस्थिति कायम गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *