आन्तरिक राजश्व विभाग द्धारा (KYT ) अध्यावधीक गर्न अनुरोध अध्यावधीक नगरे करचुक्ता लिन तथा विवरण पेश गर्न नसकिने

सुरज भुसाल,असोज १६ काठमाण्डौ, आन्तरिक राजश्व विभागले सम्पुर्ण करदाता लाई आफन्नो ठेगना तथा सम्पर्क (KYT )अध्यावधिक गर्न निर्देशन दिएको छ ।
व्यक्ती आफैले आफन्नो ठेगना तथा सम्पर्क (KYT) अध्यावधिक आफैले गर्न सकिने अनलाईन सेवा सुरु गरेको छ ।


कर वुझाउने अन्तिम समयमा यो निर्देशन लागु गरे पछी भने व्यवसायी रुष्ट बनेका छन (KYT)अध्यावधीक नभए सम्म कर चुक्ता लिन तथा विवरण पेश गर्न नसकिने जानकारी विभागले गरेको छ ।
यस भन्दाअगाडी फरक सम्पर्क नम्बर र फरक व्यक्तीको नाममा व्यवसाय दर्ता गरी किर्ते काम गर्ने लाई भने यो निर्देशन लागु भएपछी टाउको दुखाईको विषय हुन सक्ने अनुमान गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *